0 COMMENTS

काठमाडौं, १७ माघ ०७३/ कुलेश्वरको मिनी मार्केटमा आइतबार राती आगलागी हुदा करोडौंको क्षति भएको छ ।

मिनी मार्केट रहेको एउटा होटलमा बिजुलीको तार सर्ट भइ आगलागी हुदा होटलमा रहेको ग्यासमा आगो सल्केपछि भीषण रुप लिएको थियो ।

घना बस्तीको बाीचमा रहेको उक्त मार्केटमा आगलागी सुरु भएपछि सो क्षेत्रमा कोलाहल मच्चिएको थियो ।आगलागीसँगै चारवटा सिलिन्डर एकसाथ विस्फोटन हुदा सो क्षेत्रमा रहेका विभिन्न किसिमका १० वटा पसलमा एकसाथ आगालागी भएको थियो ।

आगलागी भएको क्षेत्रमा सवारी साधनमा प्रयोग हुने टायरहरु घरम प्रयोग हुने कपडाहरु, सवारी साधनका पाटपुर्जाहरु तथा तीन वटा होटल अनि रेस्टुरेन्टहरु जलेर नष्ट भएका छन् ।आगलागी नियन्त्रणका लागि जुद्ध बारुण यनत्र, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १० वटा दमकल प्रयोग गरिएको थियो ।

आगो नियन्त्रण गर्न झन्डै दुई घण्टा लागेको थियो । आगालागीबाट मानवीय क्षति भने भएको छैन ।करौडौंको भौतिक क्षति भएको र क्षतिको विवरण यकिन हुन नसकेको प्रहरीले जनाएको छ । खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।