0 COMMENTS

16359065_10209638242805211_1723471968_nपाल्पा,१६ माघ०७३/ स्वतन्त्र पत्रकार संघ पाल्पा शाखाले शहिदहरूको सम्झनामा आज तानसेनमा दीप प्रज्ज्वलन एवं श्रद्धाञ्जली कार्यक्रम गरेको छ । मुलुक र जनताको लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने शहीदको योगदानको सम्झना गर्दै संघले जिल्लाका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सामूहिक सहभागितामा तानसेनको शीतलपाटीमा कार्यक्रमको आयोजना गरेको हो । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन आज देशभर विशेष कार्यक्रम सहित शहीद दिवस मनाइएको छ ।

शीतलपाटीमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष भोजराज भट्टराईले देश र जनताको लागि समर्पित शहीदको सपना साकार गर्न सवैको साझा मत आवश्यक रहेको धारणा राखे । उनले मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷०६३ सालको जन आन्दोलन मधेश आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत गर्ने व्यक्तिलाई सम्झना गर्ने र उनीहरूको योगदानको बारेमा चर्चा परिचर्चा गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने बताए । स्वतन्त्र पत्रकार संघ पाल्पाका सल्लाहकार राजेश्वर उदयले दीप प्रज्वलनको समुद्घाटनबाट उद्घाटन भएको कार्यक्रममा उपाध्यक्ष भविन्द गौतम, सचिव रामराज ज्ञवाली, सल्लाहकार हरिप्रसाद पोखरेल, केन्द्रीय पार्षद, कार्यसमिति सदस्य, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार लगायत आम नागरिकको सहभागिता रहेको थियो । यसैबीच पाल्पामा ने.बी.आर. समूहले समेत दिउसो तानसेनको विशालबजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।