0 COMMENTS

jhandaaकाठमाडौं१६ माघ०७३/ शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।उक्त झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए ।१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ।

सो क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले संशोधन प्रस्ताव देशको हितमा नरहेको दाबी गर्दै देश जोगाउनको लागि आफूहरुले संशोधनको समर्थन नरहेको तर्क गरे । उनले अहिलेको आवश्यकता चुनाव भएको बताउँदै चुनावको मिति घोषणा गर्नतिर सरकार लाग्नुपर्नेमा जोड दिए ।यस्तै राष्ट्रकवि घिमिरेले राष्ट्रियताको भावना युवाहरुमा पाउँदा आफू हर्सित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।