0 COMMENTS

 Orange-Palpaबझाङको कफलसेरी गाविसका एक किसान व्यवासायिक सुन्तला खेती गरेर उदाहरणीय बनेका छन् । कफलसेरीका विष्णुभक्त जोशीको बगैँचामा अहिले ३ सय भन्दा बढी सुन्तलाका बोट छन् । जोशीको बगैँचा जिल्लाको नमुना सुन्तला बगैँचा बनेको छ ।

उनको बगैँचा हेर्नका लागि जिल्लाका विभिन्न ठाउँबाट किसान आउने गरेका छन् । कफलसेरी–२ का जोशीले सुन्तला खेतीबाटै वर्षको सात लाखसम्म कमाइ गर्नुहुन्छ । उनको बगैँचामा उत्पादन भएको सुन्तला बझाङसहित डडेल्धुरा, धनगढीसम्म पुग्ने गरेको छ । उनको देखोसिको गरेर कफलसेरीका अरु किसानले पनि सुन्तला खेती सुरु गरेका छन् । जिल्ला कृषि विकास कार्यालयले त्यस क्षेत्रमा सुन्तला खेती विस्तारका लागि सहयोग पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।