काठमाडौं, १६ माघ०७३/गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए ।
सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख निकाय भनेकै गृह मन्त्रालय हो । गृहकै प्रस्तावमा सरकारले विभिन्न समयमा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने गरेको छ । तर, मन्त्रालयसँग कुन र कस्तो घटनामा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने भन्ने मापदण्ड छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सूचना अधिकारी पाण्डेले मन्त्रालयसँग सहिद घोषणासम्बन्धी विशेष खालको मापदण्ड नभएको बताए । मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले स्पष्ट मापदण्डका आधारमा भन्दा पनि पछिल्ला समयमा अध्ययन अनुसन्धानविनै सहिद घोषणा गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्