0 COMMENTS

changunarayanरमेश गिरी, भक्तपुर१५माघ०७३/  विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ।
विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए। मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उनले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताए।

भूकम्पले चाँगुनारायणको मूल मन्दिर नढले पनि नराम्ररी क्षति पुर्‍याएपछि टेकोमा अड्याइएको छ । चाँगुनारायण मन्दिर परिसरकै भत्किएको किलेश्वर मन्दिर यसअघि नै एक गैरसरकारी संस्थाले पुनःनिर्माण गरिसकेको छ ।मन्दिर परिसरमै रहेको अन्य मन्दिर र चौघेरा सत्तल तथा अमात्य सत्तल भने पुनःनिर्माण नै गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने भएको छ ।मन्दिरको जमिन तला र माथिल्लो तलामा परापूर्वकालदेखि रहेका पुरातात्विक वस्तुको जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चाँगुनारायण नगरपालिका, पुजारी, भडेल र सरोकारवालासहितको टोलीले लगत उतार्ने काम सुरु गरेका छन्।लगत राखिएका सामान गुठी संस्थान भद्रकालीले वर्षौं पहिलो राखेको लगतसँग मेल खाए/नखाएको रुजु गरी दुरुस्त भए त्यसको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै खटाएर मन्दिर परिसरमै सुरक्षाको व्यवस्थासहित राखिने भएको छ ।मन्दिर जीर्णोद्धारका लागि वरिष्ठ इन्जिनियर ओम धरानन्द राजोपाध्याय र स्ट्रक्चर इन्जिनियर छविराज घिमिरेले बुझाएको प्रतिवेदन अनुसार मन्दिरको जीर्णोद्धार गरिने भएको हो ।
श्रेष्ठले भने, ‘चाँगुनारायण मन्दिरको माथिल्लो तलाको छानो निकाल्ने र नयाँ निर्माण गर्ने तथा मन्दिरको तल्लो भागबाटै गाह्रोलाई बलियो बनाउँदै लगेर जीर्णोद्धार गरिने छ।’

जीर्णोद्धार कार्य २०७४ साल असार मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। जीर्णोद्धारका लागि कुल ९४ लाख ६५ हजार ८ सय ४८ रुपैयाँमा ठेक्का प्रदान गरिएको छ।भूकम्पले भत्काएको चाँगुनारायण मन्दिर परिसरमै रहेको किलेश्वर मन्दिर भने यसअघि नै कल्चर हेरिटेज एन्ड इन्भारोमेन्ट फाउन्डेसनले पुनःनिर्माण गरिसकेको छ।

मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर पनि सोही फाउन्डेसनले निर्माण गरिदिने सहमति भए पनि ढिलाइ गरेपछि अब विभागले अब फाउन्डेसनलाई नपर्खने भएको छ।’विश्वसम्पदा सूचीमा रहेको सम्पदा निर्माणमा ढिलाइ गर्न नहुने अवस्थामा फाउन्डेसनलाई विभागले कुरेर बस्दैन, विभाग आफैँले यी मन्दिर एवम् सत्तलको पुनःनिर्माण सुरु गर्छ’ इन्जिनियर श्रेष्ठले भने।पुनःनिर्माण तथा जीर्णोद्धारमा काम लाग्ने इँटा तथा काठ पुरानै प्रयोग गर्ने जानकारी दिँदै उनले ७५ प्रतिशत सामग्री भने नयाँ प्रयोग गरिने बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।