0 COMMENTS

16358538_403457999987118_460025286_nकाठमाण्डाै,१५माघ०७३/सन् २०११ मा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो मोटरसाईकलको यात्राबाट विश्व कीर्तिमान कायम गरेबापत २०७३ का लागि वर्ष साहसिक युवा प्रतिभा पुरस्कार प्राप्त गर्न सफल चित्रकुमार कार्की काठमाडौंमा फेरि सम्मानित भएका छन् । कार्कीलाई शनिबार राजधानीस्थित एक कार्यक्रममा रौता एकता समाज र नेपालटार एकता समाजले सामूहिक कार्यक्रम गरी सम्मान गरेको हो । काठमाडौंस्थित चोभार खेलमैदानमा भएको सम्मान कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निर्देशक लोकेन्द्र थापा, नेपाल टेलीकमका निर्देशक पदमरा कार्की र एमाले उदयपुरका अध्यक्ष इश्वरमणी राउतलगायतको सहभागिता रहेको हनेपालटार एकता समाज काठमाडौंका अध्यक्ष सुमित कार्कीले जानकारी दिए । करिब चारसयको हाराहारीमा विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा पत्रकार, समाजेवी, बुद्विजीवि लगायतको ‘एकता सद्भाव र भाईचाराको हाम्रो सानो प्रयास’ भन्ने नारासहित मैत्रीपूर्ण सामूहिक बनभोज कार्यक्रमसमेत आयोजना गरिएको रौता एकता समाज काठमाडौका अध्यक्ष प्रलाद कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।