काठमाडौं१५ माघ ०७३/विभिन्न जिल्लका महिलाहरुलाई नक्कली कागजात बनाएर यूएईलगायत खाडी देशमा पठाउने गिरोह पक्राउ परेको छ ।
बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो ।
खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ ।
ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।