काठमाण्डाै,१४माघ०७३/ हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ । गत २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीन जना नाबालिकाहरुसंग अनैतिक सम्बन्ध राखि बालीका हरूले थाहा नपाउने गरी अश्लिल तस्बिर तथा भीडीयाे बाउने र साेही तस्बिर तथा भीडीयाे वालीका हरुलाई देखाई सार्वजनिक गरीदिने धम्की दिई पुन: पटक-पटक यौन शोषन र अप्राकृतिक मैथुन गरेको र निजले खिचेका ती फोटोहरु वेबसाईटमा समेत राखि बेच बिखन गरी पैसा कामाउने उदेश्य राखेको भनी ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टी गरी निजलाई दुईवटा मानव बेच बिखन तथा ओसार पसार मुद्दाहरुमा कुल १० बर्ष कैद ठहर गरेकोमा फैसला लगत्तै फरार रहेका कुनैबेला चर्चित गायक र हास्य कलाकार समेत रहेका सुनसरी इटहरी न.पा. वडा नं. ४ प्रकाश ओझा लाइ शंखमुल, काठमाडौंमा लुकिछिपि बसी गीत-संगित रेकर्डिङ्ग समेत गर्दै आएकोमा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटीएका टाेलीले पक्राउ गरेकाेछ । नीज अाेझालाइ काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात अदालतको आदेशले कैद भुक्तानकोलागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।