0 COMMENTS

काठमाडौं,१२,माघ/ कसैले १० हजार दिन्छ, कसैले धेरै पनि दिन्छ, कहाँ–कहाँ गर्यो सम्झना छैन,’ यो भनाई प्रहरी हिरासतमा रहेका नेपाल विद्युत प्राधिकरण बालाजुका सुपरभाइजर सुमन श्रेष्ठको हो ।

आजको नागरिक दैनिकमा खबर छ– ‘सिल खोलेर मिटर उल्टो घुमाउने अनि काम भइसकेपछि सिल लगाएर फर्कने हो, नियमित ग्राहक नै छन्’, निजी कारमा विद्युत मिटरको सिल र अन्य उपकरणसहित काठमाडौं उपत्यकामा घुमिरहने सुमनलाई उद्धृत गर्दै महानगरीय प्रहरी अपराध महाशाखाका अनुसन्धान अधिकारीले भने ।

सुमनलाई सम्झना छैन, उनले पछिल्लो केही वर्षमा उपत्यकाका कति उद्योग, कारखाना, होटल र घरका मिटर उल्टो घुमाएर आफ्नो दुनो सोझ्याए । उनको आकासिएको आर्थिक हैसियतले अनुमान गर्न सकिन्छ– उपत्यकाका धेरै प्रतिष्ठत र अधिक मुनाफा हुने उद्योगमा मिटर लामो समयदेखि उल्टो घुम्दैछन् । परिणाम सर्वसाधारणले १८ घन्टा अन्धकारमा विताउनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।