0 COMMENTS

16237976_10208401595819911_751835845_nकाठमाण्डाै ११माघ २०७३/ कपनमा रहेकाे प्रतेक घरहरूमा जनचेतनाकाे लागी हरीयाे स्टिकर टाँसीने भएकाे छ । सकारात्मक सामाजिक परिवर्तनका लागि सामाजिक परिवेशको सरसफाई एक आधारभूत कुरा हो । चाहे त्यो वातावरणीय होस वा मानसिक तथा शारीरिक सरसफाई नै किन नहोस् । स्वस्थ जीवनसँगै सभ्यताको परिचयसँग जोडिने सरसफाईबिना समाजको विकास असम्भव रहेकाे छ । “स्वस्थ जीवन स्वच्छ समाज हाम्राे चाहाना,ग्रिन एण्ड क्लिन सिटी नाेकाेसकाे कमना सबैमीली कपनलाइ सभ्य नागरिक बनाै” भन्ने मुल नाराका साथ नेकाेस साेशियल अर्गनाइजेशन र कपन टुरिजम प्राेमाेशन बाेर्डकाे संयूक्त अायाेजनामा जनचेतनाकाे लागी देखी भाेली  कपन क्षेत्रमा रहेका प्रतेक घरमा ग्रीन स्टिकर टाँस्ने कार्यक्रमकाे छ । भाेली बिहान देखी १० बजे देखी शुरू हुने उक्तकार्यक्रमकाे उदघाटन बुढानीलकष्ठ नगरपालीकाका नगर प्रमुखबाट हुने जानकारी अाज बुढानीलकष्ठ नगरपालीका वडा नं १२ मा भएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएकाे थीयाे । घरमा ग्रीन स्टिकर टाँस्ने कार्यक्रमकाेलागी कपनमा रहेकाे साम्तेन मेमाेरीएल एकेडेमी,फेरील्याण्ड इन्टरनेस्नल स्कुल,पायाेनीयर पब्लीक स्कुल,तथा त्री ज्याेती स्कुलले सहयाेग गरेकाे कुरा जानकारी गराइयाे ।16216246_10208401599660007_270027666_n

 सस्थाले नेपाल सरकारले तय गरेको नीति “स्वच्छ र हरियाली शहर” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सन् २०१६ जनवरी महिनाको पहिलो साताबाट बुढानिलकण्ठ
नगरपालिकाको वडा नम्बर ११, १२, र १३ मा अभियानकै रुपमा सरसफाई कार्यक्रम संचालन गरिरहेको छ । उक्त कार्यक्रममा स्थानीयलाई समेत सहभागी गराइएको थियो । सँगसँगै विभिन्न संघसंस्था, बिद्यालय, टोलसुधार समितिहरुसँग समन्वयन गरी सरसफाई कार्यक्रम सम्वन्धी जनचेतनामुलक कार्यक्रम भइरहेको छ । यस क्षेत्रलाई ठमेल जतिकै पर्यटकीय गन्तव्य बनाउँने उद्देश्यले उपत्यकाकै नमूना क्षेत्र बनाउने प्रयासस्वरुप विभिन्न कार्यक्रम भइरहेकाे कुरा जानकारी गराइएकाे थीयाे  ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।