0 COMMENTS

सप्तरी ११,माघ/ सप्तरीको शम्भुनाथ नगरपालिका–१० रामपुर–जमुवा बस्ने १८ वर्षिया एक युवतीले जिल्ला प्रहरी कार्यालयकाे हाताभित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् ।अभिभावकको असहमतिका बाबजुत सोही गाविसका २० वर्षीय दिपु शर्मासँग भागी प्रेम विवाह गरेका जोडिलाई सोधपुछका लागि मंगलवारै प्रहरी कार्यालयमा झिकाईएको थियो । दुवै पक्षका अभिभावकको उपस्थितीमा केटीको उमेर नपुगेकाले छुट्याउने प्रयास गरिएको थियो ।
प्रेमीसँग छुट्टिने निश्चित देखिएपछि पिशाब लागेको बहानामा युवती शौचालयमा पसेर विष सेवन गरेकी थिईन् । विष खाएको जानकारी लगत्तै उनलाई प्रहरीको सहयोगमा राजविराज स्थितत गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याईएको थियो ।
तर, त्यहाँ उपचार सम्भव नसकेपछि धरान रेफर गरिएको अस्पाताल श्रोतले जनाएको छ ।
यता, सप्तरीका एसपी दिवेश लोहनीले केटी नावालक भएकाले दुवै पक्षको अभिभावकको उपस्थितीमा जिम्मा लगाउने सामान्य प्रयास गरिएको वताए । तर, केटीले प्रेमीसँग छुट्टीने त्रासमा त्यस्तो अप्रिय घटना गरेको एसपी लोहनीको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।