0 COMMENTS

 

Capture
ईक्तेदार खान
Capture
निरन्जन मेहता

काठमाण्डाै ९,माघ०७३/प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजमा बिगत १ महिना अघिदेखि काठमाण्डौं उपत्यकाका बिभिन्न बैंकहरुका करिब १ दर्जन ATM बुथहरुबाट आफुले ननिकालेको रकम अनाधिकृत रुपबाट अरु कसैले निकाली अाफुलाइ ठगी गरेकोले ठगी गर्ने व्यक्ति पत्ता लगाई आवश्यक कारवाही गरी ठगी भएको रकम दिलाई पाउँ भन्ने व्यहोराको करिब ८/९ जना पीडितको सुचना अनुशार ।सम्बन्धीत बैंकहरुसँग समन्वय गरी CCTV फूटेजको दृष्यमा देखिएको हुलियासंग मिल्दोजुल्दो हुलिया भएका मानिसहरुको निरन्तर गोप्य निग्रानी गर्दै विभिन्न बैंकका ATM बुथहरु समेतमा निग्रानी गर्दै जाँदा CCTV Footage मा देखिएका मानिसहरुको हुलियासँग मिल्ने दुई जना शंकास्पद व्यक्तिहरुलाई  २०७३।०९।२८ गते  जिल्ला काठमाण्डौ का.म.न.पा. २९ स्थित विभिन्न ATM बुथहरु रहेको स्थानमा शंकास्पद गतिविधी देखाएकोले निजहरुको पिछा गर्दै जाँदा ठमेल स्थित होटल ECO 2000 मा प्रवेश गरेकोले कानुन बमोजिम उक्त होटलको खान तलासी लिदा भारत  चण्डीगढ सेक्टर ४७ डी. घर नं. ३२१० ठेगाना भएका भारतिय पासपोर्ट नंबर L2968436 भएका बर्ष २३ का  ईक्तेदार खान र भारत , FF 22 A  मंगलबजार, लक्ष्मीनगर दिल्ली बस्ने बर्ष ३३ को निरन्जन मेहतालाई पक्राउ गर्न सफल भएको छ । निजहरुको कोठाबाट बिभिन्न बैकका ATM कार्ड, नगद तथा विभिन्न क्यासिनोमा प्रवेश गरेको टिकट समेत बरामद भएकोले थप अनुसन्धानको लागी निजहरु दुवै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भैरहेको छ ।

कसरी निकाल्थे रकम ATM बाट अभियुक्तहरुले ?

पक्राउ भएका दुबै जना ATM Booth मा बिहानै बाट चाहार्थे । ईक्तेदार खान ATM Booth बाहिर निग्रानी गर्थे भने निरन्जन मेहता आफ्नो कार्ड हातमा लिई रकम निकाल्ने बहानामा ATM card बाट पैसा निस्केन तपाईको पैसा निस्कियो कि निस्केन भनेर हिन्दीमा सोध्दथे । ग्राहकलाई ATM बाट रकम निकालेर मलाई सिकाईदिनुहोस भनि अनुरोध गर्थे । सोझा ग्राहकहरुले थोरै रकम निकाली ATM बाट रकम निकाल्ने तरिका सिकाई दिन्थे त्यस पछी ग्राहक निक्लना साथ “Do you need more time ? ” भन्ने Option (Button) दबाई OK गरी रकम निकाल्थे भने कतिपय अवस्थामा Internet Slow भएको बेलामा रकम प्राप्त नभई Do you want to continue ? भन्ने Option आएको अवस्थामा Yes bottom दबाई  अघि Dial गरेको रकम निकाल्ने गर्दथे ।

सर्व साधारण ग्राहकहरुमा प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको अपिल :

 उल्लेखित अपराधीक कार्यविधी (Modus Operandi) अपनाई निज व्यक्तिहरुले करीब २५/३० जना ग्राहकहरुको रकम ठगी गरेको खुल्न आएकोले यस प्रकारबाट पीडित हुनु भएका विभिन्न बैंकका ATM कार्ड धारी महानुभावहरु यस व्यूरोमा उपस्थित भई जाहेरी दरखास्त दिनु हुन सम्पूर्ण पीडित वर्गमा अपिल गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।