0 COMMENTS

बर्दिया,८ माघ /  भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमानाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।

चुनावलाई मध्यनजर गर्दै शान्ति–सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा शनिबार बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।