0 COMMENTS

gauरुपन्देही, ७ माघ ०७३/पोसाउन लागेको गुहँमा फौजी किराको प्रकोप देखापरेको छ ।
तिलोत्तमा नगरपालिकासहित जिल्लाका ११ गाविसमा फौजी किराको प्रकोप देखिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाले जानकारी दिनुभयो ।
जिल्लाको वहा, वसन्तपुर, धकधई, पजरकट्टी, पोखरभिन्डी, छोटरी रामनगर, सिक्टहन, पड्खौली, बोधबारलगायत गाविस तथा तिलोेत्तमा नगरपालिका केही स्थानमा फौजी किराको प्रकोप देखिएको छ । ठूलो सङ्ख्यामा फौजी किरा आएर गहुँको पात, डाँठ र विस्तारै बोट नै खाएर सखाप पार्ने गरेको छ । कृषि कार्यालयले क्लोरपाइरिफस ५० प्रतिशत र साइपरेमथ्रिन पाँच प्रतिशत मिश्रण गरी गहुँमा छन आग्रह गरेको छ ।
फौजी किराका कारण जिल्लाको करिब पाँच हजार हेक्टर क्षेत्रफलमा लगाएको गहुँमा क्षति पुगेको छ । फौजी किराकै कारण यस वर्ष करिब ५० प्रतिशत गुहँ उत्पादनमा कमी आउनसक्ने कृषि विकास कार्यालयलको अनुमान छ । जिल्लाको ३० हजार हेक्टर क्षेत्रफलमा गहँु लगाइन्छ । जिल्लामा करिब ७५० टन गहुँको बीउ उत्पादन हुन्छ ।यहाँ उत्पादन भएको गहुँको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनँहुलगायत जिल्लामा निर्यात हुने गरेको छ । अहिले यहाँ विजय, भृकुटी, गौतम, एनएल २९७ र एनएल ९७१ जातका गहुँको बीउ उत्पादन हुने गरेको छ । करिब ४० हजार किसान गहँुखेतीमा संलग्न छन् । तीन हजार ७ सय टन बीउ आवश्यक पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।