0 COMMENTS

16128710_1400472546651566_822708403_n रन्जीता ढकाल,थापा,नेपालगंज ७,माघ०७३/  नेपालगंन्जमा दुर्इ दीने इन्डीपेन्डेन्ट फील्म फेस्टवल हुदैछ ।भाेली माघ ८ र ९ गते  फेस्टिफेलमा  सञ्चालीत हुने फिल्म निर्माता हरि थापा , ज्योती सिहं ठकुर , प्रदिप पोख्रल ,उपेन्द्र राज पाण्डे लगाएताको टिमले एक पत्राकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

नेपालगंन्जमा भाेली देखी शुरू हुने इन्डीपेन्डेन्ट फील्म फेस्टिवल अन्तराल काे अायाेजना तथा बास,नेपालकाे सह-अायाेजनामा हुुनलागेकाे  र फेस्टिवलमा बिभीन्न स्थानका यथार्थ झलकाउने तथा सत्य घटनामा अाधारीत डकुमेन्ट्रिहरू कालाे पाेथी,छायाँ,पुन्टेकाे पाङ्ग्राे,म खुशी छुँ,हेलीकाेप्टर रेस्क्यु मेला,भुसकाे लाेग्ने, रियालकाे खाेजी,अ संङ,फर बारपाक,वियाेड द ह्वाइट केन,झाेला,हरिबहादुर, नामक १२ वटा डकुमेन्ट्रि लगायतका फिल्म समावेश गरिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै हरिथापाले आफु नेपालगंजमा आई रहको भए पनि यहाको परिर्वतन तथा यहाका पत्रकारहरुको उत्साहलाई देखेर धेरै खुसी भएको बताउनुभयो । 

डकुमेन्ट्रि भेरी प्रविधिक शिक्षालय,हल मा भाेली ८ गते बिहान ११:५९ बजेदेखि ६ बजे सम्म र पर्सी दाेस्राे दीन भने  विहान १० वजे देखि बेलुकी ६ वजे सम्म निशुल्क प्रदर्शनी गरीन लागीयकाे कुरा अायाेजकले अाज नेपालगंन्जकाे अाेम कर्टेजमा भएकाे पत्रकार सम्मेलनमा जानकारी गरायाे ।कार्यक्रम वरिष्ट पत्रकार निरज गौतम, नेपाल पत्राकार महासंघका केन्द्रिय सदस्य झलक गैरे , पत्रकार पे्रम केसी ,सिराज खा लगाएतले जिज्ञास राख्नु भएको थियो । फेस्टिभलका अवसरमा डकुमेन्ट्री निर्माण सम्वन्धी कार्यशाला र अन्तरक्रियात्मक कार्यक्रम आयोजना हुने शाहले बताउनु भयो ‘फेस्टिभलको आयोजनाले यस क्षेत्रको मुद्धा समेत उजागर गर्न निर्माताहरुलाई ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ ,’ शाहले भन्नु भयो ‘फेस्टिभलमा आयोजना हुने कार्यशाला नयाँ निर्माताका लागी कोशेढुंगा सावित हुनेछ भन्ने हाम्रो विश्वास छ ।समृद्ध मध्यपश्चिम र सुन्दर सुदुरपश्चिमको नारालाई सघाउनु पनि फेस्टिभलको उद्देश्य भएको शाहले प्रस्टाउनु भएको थियाृे । फेस्टिभलमा गाउँदेखि शहर क्षेत्रका सर्वसाधारणको उत्साहपुर्ण सहभागिता हुने आयोजकको दावी रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।