0 COMMENTS

काठमाडौं,६ माघ ०७३ / चालिस लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको नवलपुर घर भएकी सुस्मिता पोख्रेललाई ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा माघ ५ गते पक्राउ गरेको हो ।
गत असारमा रामेछाप कठजोर–१ घर भएका एक बहादुर दमाईलाई डलर सटही गरी दिन्छु भनि नक्कली डलर देखाएर उनले ४० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पीडित दमाई नेपाल आर्मीको सुचिकार हुन् । ठगी गर्ने महिलामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।