0 COMMENTS

नेपालगन्ज,४ माघ ०७३/नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा निर्माण हुने नयाँ आधुनिक भवनको मंगलबार शिलान्यास  गरीएकाे छ शिलान्यास गर्ने क्रममा भारतीय राजदूत रणजित रायले नेपाल र भारतबीच सदियौँदेखिको आपसी सद्भावपूर्ण सम्बन्धलाई कसैले बिगार्न नसक्ने बताएका छन् । उनले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युत्, वैकल्पिक ऊर्जा र पूर्वाधार विकासमा लगानी बढाइरहेको जानकारी दिए ।

नेपालको विकास प्रयासमा भारत सधैँ सकारात्मक रहेको पनि उनले बताए । दुई देशबीचको पारस्परिक सम्बन्धलाई सानोतिनो मतभेदले कमजोर बनाउन नसक्ने उनको भनाइ थियो । सो अस्पतालका अध्यक्ष रतनकुमार टण्डनका अनुसार, भारतीय राजदूतावासको रु पाँच करोड र बाँके जिल्ला विकास समितिको रु ९५ लाखसहित रु पाँच करोड ९५ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । भवनमा १०० श्ययासहितको जनरल वार्ड, चार शल्यक्रिया कक्ष, बिरामी क्याबिनको निर्माण र अस्पताल क्षेत्रको सडक कालोपत्र गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।