0 COMMENTS

gurukulनवलपरासी, ४ माघ०७३/नवलपरासी, देवचुली–१५ स्थित धौलागिरि चोक, शिवालयस्थित पशुपति साङ्गवेद आवासीय संस्कृत माविको सहयोगार्थ यही माघको तेस्रो हप्तादेखि श्रीमद्देवीभागवत महापुराणको आयोजना गरिने भएको छ ।

देशभरबाट गुरुकुल पद्धतिमा संस्कृत तथा कर्मकाण्डलगायत विषयमा अध्ययन तथा अध्यापन गराइने सो गुरुकुलको स्तरोन्नतिका लागि श्रोत्रीय ब्रह्मनिष्ठ श्री १०८ स्वामी सच्चिदानन्दपुरी महाराजकोे सत्सङ्कल्पमा शिवालय मन्दिर परिसरमा यही माघ १४ देखि २३ सम्म आयोजना गरिने उक्त महापुराणमा महारुद्री, महाचण्डीपाठ, हवन, धन–धान्याचल, अष्टपर्वत, ज्ञान महायज्ञ समेत गरिने छ ।

महायज्ञले आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र सञ्चालनमा सहयोग तथा वैदिक सनातन धर्म संस्कृति, परम्परा कायम गर्ने उद्देश्य समेत राखेको छ । कार्यक्रमका संयोजक क्या दिलबहादुर खत्री रहेको सो महापुराणमा पं. दीपक सापकोटाबाट सङ्गीतमय कथावाचन तथा पं बन्धुराज खनालबाट आध्यात्मिक प्रवचन गर्न लागिएको पशुपति वैदिक आश्रम (ट्रस्ट) का उत्तराधिकारी धर्मराज बरालले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक बाबुराम गौतम र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणविक्रम थापाले गुरुकुलका वटुकहरूको भोजन, भण्डारा र आवासको सुनिश्चितता गर्न, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र उत्तरमध्यमा, शास्त्री र आचार्यसम्मको उच्च शिक्षा सञ्चालनको प्रक्रिया अघि बढाउनका लागि सो महायज्ञ उपयोगी हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।