0 COMMENTS

dhararaकाठमाडौं, ४ माघ०७३/ कहिले ठडिएला धरहरा ?राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो बर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ ।

अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे । धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपालीकै सहयोगबाट सम्पन्न गर्ने नारासहित अघि सारिएको उक्त अभियानमा साथ दिँदा पनि किन ढिलो हुँदै छ धरहरा पुननिर्माण ? नेपालीको यो जिज्ञासा अब छिट्टै मेटिनेछ ।

किनकि सरकारले अर्को महिनाबाट धरहरा पुननिर्माण सुरु गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयमा आईतबार बसेको प्रधानमन्त्री कार्यालय, पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका सचिवस्तरीय बैठकले फागुन १५ गते भित्र धरहराको पुननिर्माण कार्य थाल्ने निर्णय गरेको हो ।

धरहरा पुननिर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ । अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ ।

अपांगता भएका, बालबालिका बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुइवटा लिफ्ट राखिनेछ । थपिएका दुइ तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ । खबर नागरिक दैनिकमा छ ।प्रकाशित मिति : २०७३ माघ ४ मंगलबार

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।