0 COMMENTS

कञ्चनपुर,३ माघ/ कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दु भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेला परकी छन् ।

घर नजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।

उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ ।स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।