काठमाण्डाै,२माघ०७३ /वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (Red Panda) को छाला खरिद बिक्रि तथा ओसार पसार भै रहेको भन्ने विशेष सुराकीको आधारमा मिति २०७३।०९।२९ गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ जिल्ला गोकर्णेश्वर न.पा. वडा नं. १२ नयाँबस्तिबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला थान-२ सहित ओखलढुंगा बलखु गा.वि.स. वडा नं. २ बस्ने बर्ष २९ को प्रितम तामाङ र सिन्धुली तामाजोर गा.बि.स. वडा नं. ९ बस्ने बर्ष २५ को डेनी भन्ने सम्भब वाईबा लाइ पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कानूनी कारवाहीको लागि मिति जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौंमा बुझाईएको छ ।
नोट: हाब्रे (Red Panda) को छाला तथा अंगहरूको कुनै पनि प्रयोग नहुने एवं यसको बजार मुल्य समेत नभएको अवस्थामा राम्रो मुल्यमा बिक्री हुन्छ भन्ने अफवाहको आधारमा उच्च पहाडी ईलाकाबाट हाब्रे (Red Panda) मारी बिक्री गर्न काठमाण्डौं उपत्यका लगायतका शहरहरूमा ल्याउने गरेको हालसम्मको अनुसन्धानबाट देखिएको छ ।