0 COMMENTS

काठमाडौं०२ माघ २०७३/चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

बैठकमा महासचिव ईश्वर पोखरेलले अभियानको कार्ययोजना प्रस्तुत गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
गत साता राजधानीमा भएको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुनको दोस्रो सातादेखि मधेशमा केन्द्रित मेची-महाकाली अभियान चलाउने घोषणा गरेका थिए। बैठकमा महासचिव ईश्वर पोखरेलले अभियानको कार्ययोजना प्रस्तुत गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भारतले नाकाबन्दी गर्दा त्यसको स्वागतमा उभिएका मधेशवादी दलले एमालेप्रति आक्रमक रवैया जारी राखेका छन्। नयाँ संविधानप्रति असन्तुष्ट उनीहरु संविधान संशोधनको पक्षमा छन्। संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले पछिल्लो समयमा मधेशी दलहरुको विरोधको केन्द्रमा परेको छ।

नेकपा एमालेले तराईमा सिके राउतको पृथतावादी, मधेशी दलहरुले लिँदै आएको दुई राष्ट्रियतासम्बन्धी धारणा र मधेशभित्र रहेको असमानतालाई प्रमुख समस्याको रुपमा लिँदै आएको छ।

उल्लिखित विषयमाथि गम्भीर छलफल गर्दै पार्टीलाई तराईमा बलियो बनाउन स्थायी कमिटीले निर्णायक कदम चाल्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।