0 COMMENTS

काठमाडौं, १ माघ०७३/ प्रहरीले काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको बा१य १२३२ नम्बरको स्कार्पियो गाडीबाट ४ करोड ४० लाख रुपैयाँबराबरको विदेशी मुद्रा बरामद गरेको छ । प्रहरीले मुद्रासहित तीनजना चिनियाँ नागरिकलाई समेत पक्राउ गरेको छ ।ठमेलको गजुर होटलबाट रसुवातर्फ लाग्ने क्रममा राति सवा २ बजे प्रहरीले विदेशी मुद्रासहित चिनिया नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकका साथबाट २ लाख ६० हजार अमेरिकी डलर, १८ हजार युरो र केही अष्ट्रेलियन डलर बरामद भएको प्रहरीले जनाएको छ ।महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी सर्वेन्द्र खनालले पक्राउ पर्नेमा दुई महिला र एक पुरुष रहेको बताए । महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक खनालले भन्नुभयो, “विदेशी रकमको अवैध कारोबार भइरहेको सूचनाको आधारमा हामीले उनीहरुलाई ठमेलबाट निगरानी गरेका थियौँ, नागढुङ्गा पुगेपछि राति साढे दुई बजे पक्राउ ग-यौँ ।” सो रकम रसुवा नाका हुँदै चीन लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई सो रकम लैजान लागेका थिए । प्रहरीले यति ठूलो परिणाममा विदेशी रकमसहित चिनियाँ नागरिक पक्राउ परेको सम्भवतः पहिलो भएको जनाएको छ ।शुक्रबार राति नै प्रहरीले रसुवाबाट टाटासुमोका हालेर ल्याइएको १५ किलो सुन नयाँ बसपार्कबाट बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।