0 COMMENTS

काठमाडौं, २९ पुस०७३/ दीपाश्री निरौला निर्देशित चर्चित चलचित्र ‘छक्का पन्जा’ को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप खेप्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ भीमसेनगोलको विजयचोकमा डेराको फ्यानको सिलिङ गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरिएको ठाउँमा सुवेदीले लेखेको सुसाइड नोट फेला परेको छ । जसमा आफ्नो आत्महत्यामा कसैलाई दोष नदिनू भन्ने लेखिएको छ । साथै बैंकमा रहेको एक लाख रुपैयाँ बहिनीलाई दिनू भनिएको छ । यद्यपि, सुसाइड नोटमा छक्का पन्जा पाइरेसीको आरोपबारे भने केही लेखिएको छैन ।

चलचित्र पाइरेसी गरेको उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा सुवेदीसहित चार जनासँग सामान्य सोधपुछ गरेको थियो । महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्ने व्यक्ति अर्कै भएको र उनीहरुको संलग्नता नदेखिएकाले सचेत गराएर छाडेको बताए ।

सुवेदीको स्थायी घर नवलपरासी हो । नवलपरासीबाट परिवार काठमाडौं आएपछि शुक्रबार विहान शवको मुचुल्का गरिएको छ । शव आफन्तले बुझिसकेका छन् ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।