0 COMMENTS

विराटनगर,२९ पुस २०७३/नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ ।गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गर्नुभएको हो ।

कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्धन्द्धी रेग्मीले ३३४ मत प्राप्त गर्नुभएको हो ।त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।