0 COMMENTS

रंन्जि ढकाल,थापा,नेपलगन्ज,२८ पुस/ बाँकेको खजुरास्थित नेपाल भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको आज उदघाटन गरिएको छ ।
 काठमांडौ स्थीत भारतीय दुतावासका रक्षा सहचरी कर्नल मनराज सिंहमानद्वारा रिबन काटेर नवनिर्मित  भवनको उद्घाटन गर्नु भएको हो । भुतपुर्व सैनिकहरुको आफ्नै लगानीमा निर्माण गरिएको भवन काेलागी  खजुराको वागेश्वरी गा.वि.सले जमीन उपलब्ध गराएको हाे ।आफनै लगानीमा भु.पु सैनिकको कल्याणका लागि भवन निर्माणले राम्रो सुरुवात गरेको र भविष्यमा थप सहयोगका लागि पहल गर्ने कुरा  प्रमुख अतीथी कर्नेल सिंहमानले बताउनुभयो ।
२०६५ साल कार्तिक ३ गते स्थापना भएको भुतपुर्व सैनिक ईकाई समिति खजुरामा हाल १५० सदस्य रहेको नेपाल भु.पु सैनिक ईकाई समितिका उपाध्यक्ष भीम बहादुर पौडलले बताउनुभयो । यस अघि भारत सरकारबाट प्राप्त एम्बुलेन्सबाट सेवा प्रदान गरिदैं आएको जानकारी दिदैं उपाध्यक्ष पौडेलले आगामी दिनमा पनि भारतीय दुतावासको सहयोगको अपेक्षा राखेको बताउनुभयो । कार्यक्रममा भारतीय दुतावास काठमांडौका ई.सि.एच.एस कमान्डर लेफटीनेन्ट कर्नल दिपांकर,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सरोज पौडेल, खजुरा खानेपानीका रमेश सिजाली,भारतीय भुत पुर्व सैनिक,भारतीय सैनिकका परिवार, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन नेपाल भुत पुर्व सैनिक ईकाई समिति खजुराका सचिव भीम रानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।