0 COMMENTS

timthumbकाठमाण्डाै २८,पुस०७३/पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी उनैलाई हेर्न थाले। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए। उनी र्‍यालीका आकर्षक बने। बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण शाहजस्तै देखिएका थिए। नक्कली पृथ्वीनारायण बनेका श्रेष्ठसँग तस्बिर खिचाउनेको भीड लाग्यो। र्‍यालीमा उनीसँग तस्बिर खिच्न समय माग्नेलाई उनी ठट्यौली पारामा उत्तर दिन्थे, ‘पृथ्वीनारायण शाह मेरो बाजे हुन्।’ पृथ्वीनारायणको जस्तै पोसाक बनाउन पाँच हजार लागेको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।