0 COMMENTS
15995635_1391140657584755_758689777_n
नेपालगन्ज २७,पुस ०७३, रंन्जिता ढकाल,थापा/
 थारु समुदायको महान पर्व माघीको अवसरमा नेपालगन्जमा बुधबार माघी मिलन कार्यक्रमको आयोजना गरिएको छ ।
थारु पत्रकार संघ बाँकेको आयोजनामा माघी मिलन कार्यक्रम २०७३ को आयोजना गरिएको हो ।  एक समारोहका बिच कार्यक्रमका प्रमुख अतीथी बाँकेका स्थानिय विकास अधिकारी हरि प्याकुरेलले कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्याकुरेलले पत्रकारितामा राम्रो अवसर रहेको हुनाले पत्रकारितामा अवसर र चुनौती दुवै रहेको जानकारी बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला उप सभापति लाहुराम थारु, पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, प्रेस चौतारीका केन्द्रिय सदस्य भेषराज बस्नेत, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष कृष्ण ओली, प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष नरेन्द्र थापा, प्रेस युनियन सचिव अर्जुन ओली, प्रेस चौतारीका सचिव कमल डाँगी, पर्यटन पत्रकार संघका अध्यक्ष अमृता केसी,ठकुरी पत्रकार संघ की अध्यक्ष करूना शाह  लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।15995783_1391140190918135_2035529946_n
कार्यक्रमकै अवसर पारेर संघले एक महिने निशुल्क आधारभुत पत्रकारिता तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र  वितरण गरी तालीम समापन गरीएकाे थियो । माघी मिलन तथा एक महिने आधारभुत पत्रकारिता तालिमको समापन थारु पत्रकार संघ नेपालका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा भएको थयाे भने  कार्यक्रमको संचालन सचिव भगतराम थारुले गरेका थीए ।15978734_1391140537584767_1567536941_n
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।