0 COMMENTS

काठमाडौं, २७ पुस०७३/ सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई राष्ट्रिय एकता दिवसका मनाउन अस्वीकार गरेपछि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालले असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले हिजो गृहजिल्ला चितवनमा विदा दिन आफू सकारात्मक रहेको तर सबैको सहमतिमा सर्वमान्य विदा दिने पक्षमा आफू रहेको बताएका थिए । तर, उनले हिजो रातिसम्म पनि विदाको निर्णय गरेनन् । फलस्वरुप सरकारले पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस मनाएन् ।

चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले उल्टै ‘पृथ्वीनारायणले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो’ भन्दै अपमान गरेका थिए ।

यसको जवाफमा पूर्व प्रधानसेनापति कटवालले पुर्खाको अपमान गर्नु आफ्नै अस्तित्व मेट्नु हो भन्दै वर्तमान सरकार अस्तित्व मेट्ने खेलमा लागेको बताए । ‘पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो,’ सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्प गुच्छा चढाउन पुगेका पूर्व प्रधानसेनापति कटुवालले भने ।सरकारले विदा दिएर राष्ट्रिय एकता दिवस मनाउनुपर्थ्यो भन्दै उनले पुर्खाको उपेक्षा गरेर गल्ती गरेको टिप्पणी गरे ।

यसअघि २०६५ सालमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालकै कारण प्रचण्डले प्रधानमन्त्री पद छाड्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।