काठमाडौं: विश्व फुटबल महासंघले गरेको आगामी २०२६ को विश्वकप फुटबलमा ४८ टोलीको सहभागिता गराउने प्रस्ताव बहुमतले पारित भएको छ ।
विश्वकपलाई बिस्तार गर्नका लागि दिइएको पाँच बिकल्पहरुमध्ये फिफा काउन्सिलका ३७ सदस्यहरुबीच गराइएको मतदानमा ४८ टोली सहभागी गराउने प्रस्तावले बहुमत पाएको हो ।२०२६ को विश्वकपमा ४८ मुलुकका टोलीहरु सहभागी हुनेछन् । सहभागी टोलीलाई १६ समूहमा बिभाजन गरिनेछ र समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा प्रबेश पाउनेछन् ।
सन् १९९८ देखि विश्वकपमा ३२ टोलीले सहभागिता जनाउँदै आएका थिए । जसमा ३२ टोलीलाई ८ समूहमा बिभाजन गरी समूहको शीर्ष दुईलाई नकआउट चरणमा पुर्याउने व्यवस्था थियो ।फिफा मुख्यालय ज्युरिचमा भएको मतदानपछि २०२६ को विश्वकपदेखि नयाँ संरचनामा विश्वकप आयोजना हुने भएको हो ।नयाँ संरचना अनुसार विश्वकपमा जम्मा ८० खेल हुनेछन् भने विश्व बिजेताले अगाडिकै संरचनाअनुसार ७ खेल्नेछन् । प्रतियोगिता ३२ दिनको हुनेछ ।
fifa
सन् १९९८ को विश्वकपमा ३२ टिम खेलाउने निर्णयको पनि त्यतिबेला विरोध भएको थियो। नयाँ प्रयोगले विश्वभरी फुटबल विकाश र विस्तारमा नयाँ आयाम थप्ने इन्फान्टिनोले विश्वास लिएका छन्। विश्वकपको विस्तारले आयआर्जनमा पनि ठूलो लाभ हुने विश्वास गरिएको छ।
सन् १९३० (१३
१९३४ (१६
१९५० (१५
१९५४ (१६
१९८२ (२४
१९९८ (३२
प्रकाशित मिति: मंगलबार, पौष २६, २०७३