0 COMMENTS

महेन्द्रनगर, २६ पुस०७३ / आफ्नै बुहारीको यौन शोषण गर्ने कञ्चनपुरका एक काँग्रेस नेता जेल चलान भएका छन् ।

मंगलबार कञ्चनपुर जिल्ला आदालतको थुनचेक आदेशबाट नेपाली काँग्रेस क्षेत्र नम्बर १ का पुर्व सचिव समेत रहेका महाकाली जल उपभोक्ता संघ केन्द्रीय समितिका उपाध्यक्ष भानुभक्त भट्ट पुरपक्षका लागि कारागार चलान भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भट्टलाई थुनछेक आदेशबाट पुरपक्षका लागि कारागार चलान गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएपी नैन सिह कार्कीले आफ्नै बुहारीले यौन शोषणको मुदा खेपिरहेका भट्लाई पुरपक्षका लागि कारागार चलान गरिएको जानकारी दिनुभयो ।

कञ्चनपुरकी एक २० बर्षिया महिलाले आफ्नै सुसुराले ‘घाँटीमा छुरा’ देखाएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेकी थिईन् ।

बिवाह भएको एक हप्तामै ससुराले आफ्नो कोठामा आएर जबरजस्ती यौन शोषण गरेको उनले गत बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैै खुलासा गरेकी थिईन् । पत्रकार सम्मेलनमा पीडित महिलाले भनेकी थिईन् ‘मेरो श्रीमान बिवाह भएपछि पढ्न जिल्ला बाहिर गएपछि ससुराले धम्क्याउदै जबरजस्ती गरेको बताईन् । घर बिग्रन्छ भनेर कसैलाई पनि आफुले डरले नभनेको बताउदै उनले श्रीमानले समेत थाहा पाएपछि आफुलाई नराम्रो व्यवहार गरेको उनको दुखेसो छ । ‘मेरो ससुराले घर भन्दा यो कुरा बाहिर भनेपछि मारिदिने धक्की दिन्थ्यो ।’ उनले भनिन् ‘त्यसैले मैले बदनाम र डरले कसैसंग भनेन् ।’

आफ्नो बिवाह पनि सुसुराकै कारणले भएको उनको भनाई छ । ‘मेरो बिवाह हुनुभन्दा पहिले ससुराले मलाई देखेको थियो ।’ उनले भनिन् ‘तिम्री राम्री छौँ, मेरो छोरो संग बिवाह गर्नुपर्छ भन्दै मेरो पछिपछि लाग्यो ।’ अन्तत ससुराले मलाई जहाँ देख्दा पनि पैशा दिने कपडा किनिदिने भएपछि मेरो मन पनि पग्लिएको उनको भनाई छ । घरमै आएर विस २०७१ असार ६ गते बिबाह भएपछि मात्रै श्रीमानलाई आफुले देखेको उनले बताईन् ।

घरबार बिग्रन्छ भनेर आफुले तीन बर्षसम्म अपराध सहेर बसेको उनको स्र्वीकार छ । ससुराले आफुमाथी यस्तो गर्दा आफु भागेर माईती घर आउने गरेको बताउदै पुनः माईतीले घर पुर्याईदिने काम गरेको बताईन् । सासुले समेत आफ्नो श्रीमानलाई सम्झाउनु भन्दा पनि त मेरो बुहारी होईन् सौता पो भईसकेकी रहेछौँ भन्दै हिंसा गरेको उनको आरोप छ ।

श्रीमानले समेत आफुलाई नराम्रो व्यवहार गरेको बताउदै आफ्नो बिवाह श्रीमानको इच्छा भन्दा पनि ससुराको कुविचारका कारण भएको उनको ठहर छ । मेरो बिवाह भएपछि घरमा एक केटी आएर यो मेरो श्रीमान हो, मेरो यो संग अघि नै विवाह भईसक्यो भन्दै घरमा झगडा समेत भएको बताउदै उक्त केटीलाई पैशा दिएर मिलाएको उनले बताईन् । पक्राउ परेको भट्टले भने बुहारीले लगाएको आरोप झुटा भएको प्रहरी आदालत समक्ष बयान दिदै आएको कञ्चनपुर प्रहरी स्रोतले जनाएको छ ।

आफ्नो मागी बिवाह भएपनि घरपरिवारले विवाह दर्ता समेत नगरिदिएको उनको गुनासो छ । पत्रकार सम्मेलनमा पीडित महिलाका दाईले बहिनी लगातार घरबाट माईतीमा आउने गरेको बताउदै, किन आएको भन्दा घरमा श्रीमान छैन् त्यसैले आएको भन्ने गरेको बताए ।

उनका अनुसार गत मंसिर १० गते ससुराले घटना पुनः दोहोर्याएपछी गाउँकै स्थानीय प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । पीडितले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी नैनसिह कार्कीले मंसिर २९ गते आएको उजुरी पुष १ गते दर्ता गरिएको बताए ।

कञ्चनपुरका अधिकारकर्मी महिलाहरुल महिलाको मुद्दामा सम्वेदनशिल भएर सत्यतथ्य घटना सार्वजानिक गर्न माग गर्दै आएका छन्, भने पीडितलाई न्याय दिन समेत माग गरेका छन् ।दैनिक नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।