0 COMMENTS
laxman-malla-into-the-red-circle
मुख्य आरोपी लक्ष्मण मल्ल (रातो घेरामा)

२६ पुस, बाँके। युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयले आज गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई हाल कोहलपुर नगरपालिका–१० बस्ने १९ वर्षीय लक्ष्मण मल्ललाई सार्वजनिक गरेको हो ।

गत पुस १४ गते राति ८ बजे नेपालगन्ज सुर्खेत सडकखण्डको कोहलपुर–११ विद्युतरोड नजिकै रहेको वेलकम कटेजमा युवा संघका केन्द्रीय सदस्य बुढाथोेकीलाई खुकुरी प्रहार गरी मल्ल फरार भएका थिए ।

फरार मल्ललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । ‘खुकुरी प्रहार भएको २५ मिनेटपछि मात्रै हामीलाई घटनाबारे थाहा भयो ।’ प्रमुख प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने – ‘घाइतेसँग तत्कालै लिइएको बयानअनुसार हामीले फरार मल्लको खोजी र घटनाको अनुसन्धान थालेका हौंँ ।’ घटना भएको १० दिनपछि आरोपी मल्ललाई पुस २३ गते काठमाडौँबाट प्रहरीले पक्राउ गरेको थियो ।

‘घटनापछि १७ गते मुख्य आरोपी मल्ल भाग्न प्रयोग गरिएको अनटेष्ट सुजुकी जिक्सर बाइक र २१ गते घटनामा प्रयोग भएको खुकुरी महादेवपुरी–५ ढकेरीमा बरामत भयो ।’, काफ्लले भने– ‘सोही दिन आरोपी फरार भएको बा१४च ४७९ नं को कार पनि बरामत भएकाले फरार अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो ।’

खुकुरी प्रहारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए।

घटनाबारे अनुसन्धानका लागि प्रहरीले थप ११ जनालाई हिरासतमा लिएको जनाएको छ । घाइते बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।