0 COMMENTS

काठमाण्डाै,२६ पौष २०७३ /थारु पत्रकार संघ नेपाल बाँके शाखाले भाेली पुस २७ गते माघीमिलन २०७३ कार्यक्रमको आयोजना गर्नेभएको छ । थारु समुदायको नयाँ बर्ष माघीपर्वको अवसरमा थारु पत्रकार संघ बाकेले माघीमिलन कार्यक्रमकाे अायाेजना गर्न लागीएकाे  हो ।

थारु पत्रकार संघ जिल्ला कार्यसमिति बाँकेको सोमबार बसेको नियमित बैठकमा माघी मिलन तथा १ महिने आधारभुत पत्रकारिता तालिमको पनी समापन गर्ने निर्णय गरेको छ । थारु समुदायको विशेष चाडकोरुपमा रहेको माघी पर्वलाई लक्षित गरी संघले हरेक बर्ष माघीमिलन कार्यक्रमको आयोजना गर्दैआएको छ ।कार्यक्रम २०७३/९/२७ गते बिहान ठिक  १० बजे स्वष्टिक कटेज नेपालगन्जमा अायाेजना हुनलागेकाे अायाेजक ले जानकारी गरायाे ।

बैठकले २७ गतेका दिन विशेष तरिकाले माघीमिलन गरी अतिथि तथा पाहुनाहरुलाई स्वागत गर्ने । माघी मिलनकै दिन थारु समुदायको भेषभुषा झल्कीने पहिरन तथा थारु परिकार जस्तै, घोघी, ढिक्री, चट्नी, सिध्रा अचारलगायत अन्य थारु परिकारको स्वाद अतिथि पाहुनाहरुलाई चखाउने संघकाे कार्यक्रमरहेकाे उक्तकार्यक्रम अायाेजकले जानकारी गराउनु भयाे  ।

  । यस्तै,उक्तदिन  बाँके शाखाले आयोजना गरेको एक महिने निशुल्क आधारभुत पत्रकारिता तालिमको समापन समेत गर्ने आयोजकले निर्णय गरेको छ । एक महिना निशुल्क पत्रकारिता तालिममा विशेषगरी थारु समुदायको पत्रकारितामा क्षमता अभिबृद्धि तथा उनिहरुको लेखनशैलीमा समेत बृद्धिगर्ने लक्ष्यगरी संघले तालिमको आयोजना गरेको थीयाे ।तालिममा थारु समुदायका २५ जना युवायुवतिहरुको सहभागिता रहेको थियो । तालिममा बाँकेका अग्रज पत्रकारहरुले प्रशिक्षण दिएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदी, थारु पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारी, शिव डोटेल, ठाकुरसिह थारु, गोपी बुढा, कृष्ण अधिकारी, डिल्ली विसी, भेषराज बस्नेत, अक्षरी पोखरेल, कृष्ण आचार्य, कृष्ण चौधरी, बिशाल रानामगर, दुर्गा रोकाय, निरज गौतम, कमल डा“गी, प्रेम विश्वकर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।