काठमाण्डाै,२५पुस०७३ /लमजुङ्ग ढोडेनी गा.बि.स. वडा नं. २ घर भएका ७१बर्षका गज बहादुर गुरुङ्ग लाइ लागुऔषध काराेबार गरेकाे अभीयाेगमा पुनरावेदन अदालत पाटनले मिति २०५८ साल फाल्गुन २१गते १५ बर्ष कैद र रु. ५,००,०००/- (पाँच लाख रुपैया) जरीवानाको सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका अभीयुक्त गज बहादुर गुरुङ्ग लाई केन्द्रीय अनुसन्धान ब्यूरोकाे टोलिले ढोडेनी, लमजुङ्गबाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। निजलाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारामा पठाईएको छ ।
प्रतिक्रिया दिनुहोस्