0 COMMENTS

रन्जीता ढकाल,थापा,नेपालगन्ज २५, पुस /युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी(गोरे) माथी खुकुरी प्रहारको घटनामा  आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका नाममा दुःख दिएको भन्दै तरुण दल बाँकेले आइतबार देखि गरेकाे अनिश्चित कालीन  बाँके बन्दको दोस्रो दिन नेपालगन्जमा अाज सर्वसाधारण र व्यवसायीहरुले बन्दको प्रतिकार गरेका छन् ।
सोमबार धम्बोझी चोक नजिक बन्दकर्ताले मोटरसाइकल तोडफोड र मोटरसाइकलमा सवारलाई कुटपिट गरेपछि सर्वसाधारण र व्यवसायीहरुले प्रतिकार गरेका हुन् । सर्वसाधारण र व्यवसायीहरुले बन्दकर्तालाई कुटपिट गर्नुका साथै झण्डा समेत फालिदिएका थिए ।
बन्दको प्रतिकारमा सर्वसाधारण र व्यवसायीहरु उत्रिएपछि केही बेर धम्बोझी चोक क्षेत्र तनावग्रस्त बनेको थियो । मानिसहरुमाथि आक्रमण गर्नेलाई प्रहरीले कारबाही नगरेको भन्दै सर्वसाधारण र व्यवसायीहरुले प्रहरी विरुद्व नाराबाजि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।