0 COMMENTS

काठमाडौँ२५,पुस०७३/विभिन्न राजनीतिक दलले मुलुकमा वैद्धिक सनातन हिन्दू राज्य नभए अहिंसात्मक धर्म युद्ध गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रिय शिव सेना पार्टी, नेपाल मातृभूमि पार्टी, नेपाल शिव सेना पार्टीलगायतले आज पत्रकार सम्मेलन गरी वौद्धिककालदेखि चल्दै आएको धर्मलाई कायम नगरे धर्मयुद्ध गर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरु धर्मयुद्धको तयारीमा लागेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो–“सामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हामी हेरेर बस्न सक्दैनौँ ।

हिन्दू मोर्चा नेपालका अध्यक्ष विजय शर्माले धर्म, संस्कार, संस्कृति, नागरिक र मातृभूमिको रक्षाका लागि अहिंसात्मक धर्मयुद्ध गर्न लागेको बताउनुभयो ।उहाँले धर्मयुद्धमा युद्ध गर्न वा लड्नभन्दा पनि विभिन्न सभा सम्मेलन गरेर धर्मका बारेमा आमनागरिकलाई जानकारी दिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।