0 COMMENTS

naxalकाठमाडौं २४ पुस, /काठमाण्डाैकाे ब्यस्थ सडक नक्साल भगवतीकाे अगाडीकाे सडक पैराे जानेगरी भासीएकाे छ ।   शंकर ग्रुपले काठमाडौंको नक्शालमा बनाउन लागेको पाँचतारे होटलको भवन निर्माणको क्रममा अण्डरग्राउड बनाउनकाे लागी स्थानलाइ लगभग ४० फिट जती गहीराउदा अाज बिहान  ६ बजे तीर हाेटलकाे पुर्वपट्टि रहेकाे सडक खण्ड एकाएक भासिएको छ । घटना भयानक भएपनि त्यसले कुनै ठूलो क्षति भने नभएको प्रहरीले जनाएको छ ।naxal

सडकको आधा भाग नै टावरको निर्माणका लागि तयार पारिएको जगमा भासिएर तल खसेको छ । आज बिहान भएको घटनामा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त कमलपोखरीले जनाएको छ ।

निर्माणाधीन होटल छेउँको सडक भासिँदा नक्साल भगवती बालमन्दिर सडकखण्डमा सवारी आवत जावत रोकिएको छ । प्रहरीले सडक भासिएको क्षेत्र नजिक सर्वसाधारणलाई जान  दिएको छैन ।naxalnaxal

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।