0 COMMENTS

ramhariकाठमाडौं २४,पुस/ कांग्रेस सांसद रामहरि खतिवडाले आफूलाई घडी चोरको आरोप लगाएर फसाउन खोजिएको दाबी गरेका छन् । उनले आफू भ्रष्टाचारविरुद्ध लड्ने मान्छे भन्दै भ्रष्टहरुले चरित्र हत्या गर्न घडी प्रकरणमा फसाएको बताए । पूर्वसेनापति छत्रमानसिंह गुरुङको छोरा इमानको रोलेक्स घडी कसैले फसाउनकै लागि आफ्नो खल्तीमा हालिदिएको र आफूले इमान्दारितापूर्वक फिर्ता गर्दा पनि अनेकन टिकाटिप्पणि भएको भन्दै आक्रोश व्यक्त गरे ।

‘मलाई जिउँदै मार्ने षड्यन्त्र भयो, मैले घडी चोर्नु पर्दैन , मैले पनि घडी लगाइएको छु। घडी प्रकरण सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर खतिवडाले भने, ‘ सडकमा माननियहरु चोर हुन् भन्न थालिएको छ । मैले गलत कामको विरोध गर्दा षड्यन्त्रको सिकार हुनुपर्यो । मैले आफ्नो कुराहरु सत्य र जनतको पक्षमा राख्दा चरित्र हत्याको प्रयास भएको हो ।

राजधानीको लाजिम्पाटस्थित र्याडिसन होटलमा जिम गर्ने क्रममा इमानको १५ लाख मुल्य पर्ने रोलेक्स घडी हराएको र पछि खतिवडाले ‘कसले खल्तीमा घडी हालिदिएछ’ भन्दै फिर्ता गरेको समाचारहरुमा जनाइएको छ ।राताे पाटि

[view_video url=”x1ZtYaKaosA”]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।