0 COMMENTS

tarundalनेपालगन्ज,२३पुस/नेपाली काङ्ग्रेसकाे भातृ संघठन तरुणदलले गर्यो अनिश्चितकालिन बाँके बन्दकाे घाेषणा।आफ्ना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी अनुसन्धानका नाममा दुःख दिएको भन्दै नेपाल तरुण दल बाँकेले आइतबार(भोली) देखि बाँके जिल्ला अनिश्चित कालका लागी बन्द आब्हान गरेको छ । युवा संघका केन्द्रिय सदस्य सन्तोष बुढाथोकी(गोरे) माथी खुकुरी प्रहारको घटनामा अनुसन्धानका लागी भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार दिउँसो तरुण दल बाँके क्षेत्र नम्वर १ का सभापति दिगविजय जंग राणालाई पक्राउ गरेको थियो । यसअघि सोही घटनाको विषयमा सोधपुछका लागी भन्दै कोहलपुर प्रहरीले राणालाई पक्राउ गरेर छाडेको थियो ।
घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी अनावश्यक रुपमा प्रहरीले दुःख दिएको र निर्दोश व्यक्तिलाई छाडिदिन पटक–पटक गरेको आग्रहलाई प्रहरीले बेवास्ता गरेपछि बाँके बन्द आब्हान गरिएको तरुण दलका जिल्ला सचिव बिनोद रिजालले बताए । तरुण दलले प्रहरी ज्यादती बढेको भन्दै शनिबार अपरान्ह कोहलपुरमा एक घण्टा चक्काजाम पनि गरेको थियो । ‘घटनाको अनुसन्धान गर्ने प्रहरीको काममा हाम्रो कुनै असहयोग थिएन, तर निर्दोश व्यक्तिलाई पटक–पटक पक्राउ गर्ने र छाड्ने काम प्रहरीबाट जसरी भइरहेको छ, यसका विरुद्ध हामी आन्दोलित बनेका हौं,’ उनले भने ।इप्रका कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेश काफ्लेले अध्यक्ष राणालाई अनुसन्धानका लागी पक्राउ गरिएको बताएका छन् । खुकुरी प्रहारका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले काठमाडौंमा शुक्रबार पक्राउ गरिसकेको छ । अभियुक्त आफ्ना संगठनमा संलग्न नरहेको कुरा यसअघि नै तरुण दल र युवा संघले विज्ञप्ती मार्फत प्रष्ट्याइसकेका छन् । यद्यपी लक्ष्मण एमालेका अधिकांस कार्यक्रममा सहभागी भएका तस्बिर फेला परेकाले उनी एमाले नजिक रहेको प्रहरीले यसअघि बताइसकेको छ ।स्राेत छिन छिनकाे खबर 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।