0 COMMENTS

downloadपालपा,२३ पुस, रामपुर(पाल्पा)/गङ्गा माध्यमिक विद्यालय रामपुरमा सञ्चालन भइरहेको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु एक करोड २६ लाख २६ हजार ६६४ बराबरको जग्गा र रकम सङ्कलन भएको छ ।

विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उदेश्यले आयोजना गरिएको सो महायज्ञमा हिजो पाँचौँ दिनसम्म रु ३२ लाख ८४ हजार ७८१ नगद र रु ९३ लाख ४१ हजार ८८३ बराबरको जग्गा दान सङ्कलन भएको लेखासमिति संयोजक खगेन्द्र न्यौपानेले बताए।

अहिलेसम्म ६ सय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा अहिलेसम्म २० जनाले तुलादान गरेका छन् । गत पुस १८ गतेबाट सञ्चालन भएको महायज्ञ आउँदो पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट सङ्गितमयशैलीमा कथावाचन भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।