0 COMMENTS

devghatचितवन,२३ पुस०७३/चितवनको धार्मिक पर्यटकीयस्थल देवघाट धाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनका लागि रत्ननगरमा भएको महायज्ञमा १३ क्वीन्टल भन्दा बढी विभिन्न प्रकारका धातु संकलन भएको छ ।

यही पुसको दोस्रो साता रत्ननगरमा भएको धातु सङ्कलन महायज्ञमा १३ क्वीन्टल धातु र नगद जिन्सी गरेर रु २५ लाख भन्दा बढी आर्थिक सङ्कलन भएको महायज्ञ मूलआयोजक समितिका संयोजक गीतानाथ अधिकारीले जानकारी दिए ।

अष्टधातुबाट निर्माण गर्न लागिएको शिवको प्रतिमाका लागि यसअघि दाङमा भएको पहिलो महायज्ञबाट २ सय ५० किलो विभिन्न प्रकारका धातु सङ्कलन भएको थियो । करिब पाँच टन धातु चाहिने भएकाले अहिले महायज्ञ लगाएर धातु सङ्कलनको अभियान सुरु भएको संयोजक अधिकारीले बताए ।

उनका अनुसार धातु सङ्कलनका लागि देवघाट संरक्षण प्रतिष्ठानले देशका विभिन्न पाँच स्थानमा महायज्ञ आयोजना गरिने छ । दाङपछि अहिले चितवनको रत्ननगरमा र आगामी दिनमा काठमाडौँमा महायज्ञ गरेर धातु संकलन गरिने प्रतिष्ठानका सचिव मदन मिश्रको भनाइ छ ।

भगवान शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेश, चाँदी, सुनलगायत धातु सङ्कलनमा प्रतिष्ठान लागेको छ । यहाँ गएको साउनमा उक्त प्रतिमा निर्माणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट शिलान्यास समेत भएको थियो । मूर्ति निर्माणका सबै कामसक्न १ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ

पवित्र तीर्थस्थल देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित गराउन यो धातुबाट निर्मित प्रतिमाले थप टेवा दिने विश्वास आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।