0 COMMENTS

काठमाडौं,२३ पुस २०७३/नेकपा एमालेका पूर्व महासचिव मदन भण्डारीको नाममा चन्द्रागिरि नगरपालिकाको ठूलो ढुँगामा रंगशाला निमार्ण हुने भएको छ। चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा स्थानीय वन उपभोक्ता समितिको स्वामित्वमा रहेको जग्गामा रंगशाला निर्माण हुन लागेको हो।
शनिबार रंगशालाको प्रस्तावित तस्बिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावरण गरेर कार्यक्रमको उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले रंगशाला निर्माणको सुरुआत हुनु खेलकुदमा नयाँ अध्याय थपिनु भएको बताए। ‘हाम्रो योजना बहुउद्देश्यीय रंगशाला निर्माण गरी हालको दशरथ रंगशालाको विकल्प दिनु हो,’ मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले भने– ‘एकेडेमी, वन उपभोक्ता समिति र चन्द्रागिरि विकास मञ्चको संयुक्त पहलमा निर्माण कार्य सम्पन्न गर्नेछौं।’राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले स्थापनाको छोटो अवधिमा एकेडेमीले खेलकुदको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै रंगशाला निर्माणका लागि परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।