0 COMMENTS

काठमाडौं २३,पुस०७३/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ । आजको राजधानी दैनिकमा खबर छ– जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल २ लाख रुपैयाँ घुस लिएको रकमसहिलत पक्राउ परेका हुन् ।
अदालतबाट सफाइ पाइसकेका एक व्यक्तिलाई पुनः मुद्दामा फसाइदिने धम्की दिएर तीन लाख रुपमैयाँ माग्पछि पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।अर्याललाई अख्तियारको टोलीले सातदोबाटोस्थित बाजेको सेकुवा घरबाट घुससहित नियन्त्रणमालिएर अनुसन्धान थालेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।