0 COMMENTS

काठमाडौं,२२ पुस २०७३/ आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् ।
सिन्धुपाल्चोकको इर्खु गाविस घर भएकी झण्डै १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउन एक हप्ता अघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । केही समयसमयदेखि उनी दिदी भिनाजुसँगै बस्दै आएकी थिइन् ।
अनिषाको नातामा दाजु पर्ने कृष्णबहादुर तामाङलाई पनि योे घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । दुबै जनाले प्रहरीसमक्ष अभियोग स्वीकार गरिसकेका चाँपागाउँस्थित महानगरीय प्रहरीवृतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।