0 COMMENTS

ompureeकाठमाण्डाै,२२पुस,०७३/ भारतीय सञ्चारमाध्यमका अनुसार ६६ बर्षीय पुरीको हृदयाघातका कारण शुक्रबार आफ्नै निवासमा मृत्यु भएको हो ।
सन् १९५० अक्टोबर १८ मा भारतको अम्बालामा जन्मेका पुरीले आक्रोश, आरोहण, अर्धसत्य,माचिसलगायतका अन्य थुप्रै चलचित्रमा नायकको भूमिका खेलेका थिए । उनको अभिनय कुलाका कारण ती चलचित्र निकै चले । बोल्ड आवाज भएका पुरीको आवाज थुप्रै डकुमेन्ट्री तथा चलचित्रमा समावेश गरिएको छ ।
सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका पुरी बलिउडमा मात्र नभई पाकिस्तानी तथा हलिउड चलचित्र जगतमा पनि उत्तिकै चर्चित छन् ।
पुरीलाई सन् १९७३ मा भारत सरकारले पद्मश्री पुरस्कारले सम्मानित गरेको थियो भने चलचित्र आरोहण र अर्धसत्यमा सर्वश्रेष्ठ अभिनेता बन्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।