0 COMMENTS

 काठमाडौं २१, पुष २०७३/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । दुवईबाट काठमाण्डौ आएको एयर अरेवियाको विमानबाट सुन बरामत गरिएको हो ।

प्रहरीले बरामत सुनमा २८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रिजस्तै आकारका सुनका मालाहरु रहेको बताएको छ । यी सबैको तौल ३४ किलो रहेको छ ।

विषेश सूचनाका आधारमा विमानस्थल पुगेको सिआइबीको टोलीले सुन सहित उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका गोपाल बहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्ले रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।