0 COMMENTS

prasedadaकाठमाण्डाै,२१पुस ०७३/सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक सम्बन्धमा सर्वोच्च अदालतको आदेशको स्वागत गर्दै प्रक्रियामा लैजाने निर्णय गरेको छ । विधेयकबारे सत्तापक्ष र प्रतिपक्षी दलले आ–आफ्नै ब्याख्या गरिरहेका समय माओवादी केन्द्रले सर्वोच्चको आदेशपछि विधेयक अगाडि बढाउने बाटो खोलेको निष्कर्ष निकालेको हो ।

काठमाडौको लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको माओवादी केन्द्रको केन्द्रीय बैठकले विधेयक पारितका लागि दलीय छलफललाई तीब्र बनाउने निर्णय गरेको नेता अग्नि सापकोटाले जानकारी दिनुभयो । विधेयकको बिरोधमा रहेको प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलसँग छलफल गरी सवैलाई मान्य हुने गरी विधेयक अगाडि बढाउने बारे दलीय छलफल केन्द्रित गर्ने माओवादी केन्द्रको निश्कर्ष छ ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे बैठकलाई जानकारी गराउनुभएको थियो । यस्तै माओवादी केन्द्रले संगठनात्मक कार्यबिधिमाथिको छलफल समेत सुरु गरेको छ । आगामी महाधिवेशनलाई लक्षित गरी समावेशी सिद्धान्तका आधारमा कार्यविधि तयार पार्ने नेता सापकोटाको भनाई छ । आन्तरिक निर्वाचनलाई निष्पक्ष र प्रतिष्पर्धात्मक ढंगबाट अगाडि बढाउने तयारी गरेको माओवादी केन्द्रले केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यको कोटा समेत निर्धारण गर्ने गरी छलफल थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।