0 COMMENTS

काठमाडौं पुस, २० – सर्लाही पिपरियाकी गुन्द्रवेदीले तीन छोरीलाई खाना दिन नसकेपछि विष खुवाएर आत्महत्या गरेकी छन् ।

विष सेवन पछि गम्भीर बिरामी भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।विष सेवनका कारण सिकिस्त भएका उनका दुई छोरीहरु पूजा कुमारी र राधा कुमारीको अवस्था चिन्ताजनक छ ।

गुन्द्रदेवीले सोमबार साँझ पानीमा विष घोलेर छोरीहरुलाई खुवाएको पाइएको सर्लाहीका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले बताए ।

गुन्द्रादेवीले गरिबीका कारण अनिश्चित भविष्य देखेर आफ्ना छोरी हरुलाई खाना खान दिन नसक्ने सोची विष खुवाएर मरेको हुन सक्ने प्रहरीको अनुमान छ ।आजको नागरिक दैनिकमा यो खबर प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।