कावासोती, २० पुस०७३ / नेपाली काँग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले संविधान संशोधनको प्रस्तावबारेमा पुनः एक पटक दलले सोच्नुपर्ने बताएका छन् ।नवलपरासीको गैँडाकोट नगरपालिकाको तेस्रो नगरपरिषद्को उद्घाटन समारोहमा आज उनले राजनीतिक स्थिरताका लागि वार्ता नै समस्याको समाधान भएको बताए ।
संविधान जारी गर्दा संविधानसभाका ९० प्रतिशत सभासद्ले सहमति जनाएका थियौँ त्यत्ति बेला पनि सबै दल मिलेर जानुपर्छ भन्ने नै थियो उनले भने “जनताको भावनामा खेलवाड गर्नु हुँदैन ।
तीन तहको निर्वाचन गराउँदा मात्र संविधानको कार्यान्वयन हुने भएकाले चुनावमा केन्द्रित हुन आवश्यक भएको उनले औँल्याए।
नवलपरासी क्षेत्र नं १ को विकासका लागि गैँडाकोटदेखि कोटथर बुलिङटार हुँदै दलदले निस्कने चक्रपथ र गैँडाकोट नगरभित्रको चक्रपथ निर्माणमा लागि परेको समेत उनले बताए ।
अत्याधिक दुर्घटना हुने भएकाले जिल्लामा एउटा राम्रो अस्पताल बनाउन समेत आवश्यक छ डा कोइरालाले भने– “यहाँ बिपी कोइरालाको नाउँमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउने सोचमा रहेकाे कुरा पनी उनले बताए ।